१२ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेसले १० देखि २४ भदौसम्म निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने

सेयर:

२८ साउन, काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ‘राष्ट्रव्यापी अभियान–२०७९’ भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने भएको छ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २ देखि गर्ने भनिएको सो अभियानको मिति परिवर्तन गर्दै भदौ १० देखि २४ सम्मका लागि तय गरेको हो।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ दिन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।

यसैगरी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गनेै निर्णय पनि गरेको छ । सोका लागि केन्द्रिय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टीको विधान बमोजिम प्रक्रिया पु¥याएर सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको छ।

हेनुहाेस् बैठकका निर्णय

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।