१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

सेयर:

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर दाहाल-नेपाल समूहले काठमाडौँको मृकुटीमण्डपमा विशाल शक्ति प्रदर्शन गर्न लागेको हो ।

सभालाई दाहाल-नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । बाहिर जिल्लाबाट समेत कार्यकर्ता ल्याएर आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता काठमाडौँमा उतार्ने दाहाल नेपाल समूहले जनाएको छ । शक्ति प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि बाहिर जिल्लाबाट कार्यकर्ता आउन थालेका छन् ।

उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डप पुगेर विशालसभा परिणत हुनेछ ।

त्यसअघि विभिन्न ठाउँबाट आएका जुलुस रत्पार्कमा एकिकृत भएर मूल जुलुसमा परिणत भइ भृकुटीमण्डपतर्फ जानेछ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सोविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेपनि दाहाल-नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।