१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

महिला केन्द्रीय सदस्यमा डिला पहिलो, पुष्पा दोश्रो र आरजु तेस्रो (मतपरिणामसहित)

सेयर:

५ पौंष, काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुला महिलातर्फको मतगणना सकिएको छ ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार डा. डिला संग्रौला पन्त २०८५ मत सहित शीर्षस्थानमा बिजयी भएकी छिन् । यस्तै पुष्पा भुसाल २७१८ मतसहित दोश्रो स्थानमा र सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा २५३६ मतसहित तेश्रो स्थानमा बिजयी भईन् ।

यस्तै चौथोमा अम्बिका बस्नेत (२३३९), पाँचौमा ईश्वरी न्यौपाने (२२५९), छैठौंमा सरिता प्रसाई (२०९६), सातौंमा रमा कोइराला पौडेल (१८५८), आठौंमा शुशीला ढकाल आचार्य (१८०४) र नवौंमा रंगमती शाही (१७८९) मतसहित बिजयी भए ।

यसअघि पदाधिकारी र खुला ३५ तर्फको केन्द्रीय सदस्यमा वर्चस्व राखेको सभापति देउवा प्यानलले महिला खुलातर्फपनि आफ्नो वर्चस्व कायम नै राखेको छ ।

नौ जना महिला केन्द्रीय सदस्यमा आठ जना सभापति देउवापक्षका उम्मेदवार विजयी हुँदा शेखर कोइरालापक्षका एक जना मात्रै विजयी भएकी छिन् । विजयी भएकामध्ये सरिता मात्रै शेखर प्यानलकी हुन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेस संसदीय दल राष्टिय सभातर्फ सचेतक समेत रहेकी अनिता देवकोटा भने १० औं स्थानमा सिमित रहँदा केन्द्रीय सदस्यमा पराजीत भएकी छिन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।