१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नर्थप्वाइन्ट र सूर्योदयले बाँडे अंक, काँकरभिट्टा अन्तरविद्यालय फुटबल सुरु

सेयर:

२९ साउन, मेचीनगर : मेचीनगर–६ स्थित काँकरभिट्टा खेलमैदानमा शुक्रबारदेखि मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नर्थप्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल र सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा भने खेल थप रोमाञ्चक बन्यो । दोस्रो हाफको १३औँ मिनेटमा नर्थप्वाइन्टका सपोज भण्डारीले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए ।

अग्रता लिएपछि नर्थप्वाइन्टले खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको थियो । तर, सूर्योदयले अन्तिम समयसम्म हार नमानेपछि खेलको अतिरिक्त समयमा बराबरी गोल गर्न सफल भयो । दोस्रो हाफको अतिरिक्त समयमा करुन थापाले सूर्योदयका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टोलीबाट निर्णायक गोलका लागि प्रयास भए पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । बराबरीसँगै नर्थप्वाइन्ट र सूर्योदयले समान १–१ अंक प्राप्त गरेका छन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नर्थप्वाइन्टका जर्सी नम्बर ११ का सोयम कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत भोलि शनिबार दुई खेल हुने भएका छन् । पहिलो खेलमा श्री काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने आयोजकले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।