१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेकाहौँ : एमाले नेता प्रदिप ज्ञवाली

सेयर:

४ फागुन, इटहरी : २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतदेखि नै दाउपेच गर्न सुरु गरेको नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले बताउनु भएको छ । १४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताउनु भएको छ ।
आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले भन्नु भयो हामीले कुनै शर्तबिना ब्लाङ्क चेकमा हस्ताक्षर गरेर प्रधान मन्त्री बनाएको भएपनि प्रचण्डले कहिले काँग्रेसको काँधमा र कहले एमालेको काँधमा बन्दुक राखेर एकअर्कालाई हान्ने र ५ वर्ष सरकार चलाउने षड्यन्त्र गरेपछि एमालेले देशको रक्षाका लागि राजनीतिक हस्तक्षेप गर्नुपरेको बताउनुभयो ।
२०६४ सालको निर्वाचनका अपवाद बाहेक अन्य सबै निर्वाचनहरुमा एमाले र काँग्रेस पहिलो र दोस्रो हुँदै आइरहेको पार्टी हो । र लोकतन्त्रको निर्माता पार्टी एमाले काँग्रेस हो । एमाले काँग्रेस मिलेरै रणा विरोधी आन्दोलन गरेका हौँ, २०४६ आन्दोलन सफल बनाएका हौँ २०६२÷०६३ को आन्दोलन मार्फत राजालाई फालेर गणतन्त्र ल्याएका हौँ वहाँले भन्नु भयो । वहाँले भन्ने भयो प्रचण्ड यतिसम्म दाउपेच गर्छन आफ्नै पार्टीका नेताहरु पासाङ र अमिक शेरचनलाई राष्ट्रपति बनाउने एमाले प्रस्ताव अस्विकार गर्छन ।
ज्ञवालीले थप्नुभयो माओवादीको ३२ सिटे जादुलाई असफल बनाउन र एमाले काँग्रेसबीच प्रतिष्पर्धा मात्रै होइन देशका लागि सहकार्य पनि गर्नसक्ने भएकाले अहिले एमाले काँग्रेस गठबन्धनको सरकार निर्माण गरिएको ज्ञवालीले बताउनु भयो ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदिश कुसियत लगायतले अभिमुखिकरण गर्नु भएको छ । ेकार्यक्रममा सुनसरीमा रहेका एमाले प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु, पालिका कमिटीका पदाधिकारीहरु सहित १ हजार २ सय सहभागी रहेको एमाले कोशी प्रदेश प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनु भयो ।
एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवको अध्यक्षमा भएको अभिमुखिकरण कार्यक्रको सञ्चालन पार्टी जिल्ला सचिव राम कोइराला र स्वागत मन्तव्य उपसचिव याम सुब्बाले गर्नु भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।