Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पूर्वी नेपालमा ‘मिचोङ्ग’ सामुद्रिक आँधीको आंशिक असर

सेयर:

बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको मौसमविदले बताएका छन् । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविद सरोज पुडासैनीले जानकारी दिए । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको उनले बताए ।nn‘मिचोङ्ग’ सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले खासगरी दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ । चेन्नईमा पाँच जनाको मृत्यु भएको छ । कयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटो/भिडियो सार्वजनिक भइरहेका छन् । प्रतिघण्टा ११० किलोमिटरको गतीमा बहेको आँधी भारतको उत्तरपश्चिमतिर गइरहेको छ । यो आँधी मंगलबार बिहान दक्षिण आन्ध्रप्रदेशको तटमा टकराउने र कमजोर हुँदै जाने भारतको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।