बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको मौसमविदले बताएका छन् । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविद सरोज पुडासैनीले जानकारी दिए । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको उनले बताए ।nn‘मिचोङ्ग’ सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले खासगरी दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ । चेन्नईमा पाँच जनाको मृत्यु भएको छ । कयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटो/भिडियो सार्वजनिक भइरहेका छन् ।
प्रतिघण्टा ११० किलोमिटरको गतीमा बहेको आँधी भारतको उत्तरपश्चिमतिर गइरहेको छ । यो आँधी मंगलबार बिहान दक्षिण आन्ध्रप्रदेशको तटमा टकराउने र कमजोर हुँदै जाने भारतको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।