१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सर्वसाधारणलाई ठगी गर्ने सेनाका नक्कली लेफ्टिनेन्ट पक्राउ

सेयर:

इटहरी । सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् ।

सेनाको लेफ्टिनेन्ट हुँ भन्दै मर्करीको व्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्लाका शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिंडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंया सहित विभिन्न बैंकका एटीएम र आइएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेको जनाएको छ ।

यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका बसन्तकुमार खड्कालाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अघि बढाइएको प्रहरी जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।