१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तीस दिनमा कोशी प्रदेशमा पहिरो र बाढीका कारण दुईहजार बढी मानिस विस्थापित

सेयर:

२६ असार, मेचीनगर : केहीदिन यतादेखिको अविरल वर्षाका कारण कोशी प्रदेशका दुई हजार बढी मानिस विस्थापित भएका छन् । वर्षाका कारण नदीमा आएको बाढीले डुबान तथा पहिरोका कारण छ सय ४५ घर परिवार विस्थापित हुँदा दुई हजार नौसय १९ जना मानिस विस्थापित भएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी सुनसरीमा पहिरोमा सात तथा डुवानमा दुई सय छ वटा घर पर्दा दुई सय २६ वटा घर विस्थापित भएका थिए । त्यसका कारण नौसय ९७ जना विस्थापित भएका छन् । जेठ २८ गतेदेखि असार २५ गते ३० दिनमा चारसय ६६ घर पहिरो र चारसय ७१ घर बाढीको जोखिममा रहेका छन् । कोशी प्रदेशभरिका १४ वटा जिल्लानै पहिरो र बाढीको जोखिममा छन् ।

ताप्लेजुङ जिल्लाका एकसय ३४ वटा घर विस्थापित हुँदा त्यसमा रहेका छ सय ७९ जना विस्थापित भएको कार्यालयले जनाएको छ । यो जिल्लामा एकसय ९१ घर पहिरोको जोखिममा छन् । पहिरो र डुबानका कारण पाँचथरमा एकसय तीन वटा घर विस्थापित हुँदा त्यसमा बस्ने तीनसय ५९ जना परिवारको बास उठेको छ । थातथलो गुमेपछि उनीहरुलाई नजीकैका शिक्षण संस्था, धर्मशाला, सामुदायिक भवन,लगायतका सुरक्षित स्थानमा उद्धार गरी राखिएको प्रहरीको भनाई छ । पाँचथरमा एकसय छ घर पहिरोको जोखिममा रहेको प्रहरीको अभिलेखले देखाएको छ ।

झापामा तीनवटा घर पहिरो र एकसय ८६ वटा घर डुबानको जोखिममा रहेका छन् । २८ घर विस्थापित हुँदा एकसय २० जनाले थातथलो छाडेर हिड्नु पर्यो । पहिरो र बाढीका कारण मोरङका ६८ वटा घर पूर्णरुपमा विस्थापित भए । जस्का कारण तीनसय ३० जनालाई अहिले सुरक्षित स्थानमा सार्नुपरेको छ । प्रहरीको अभिलेख अनुसार तेह्रथुमका दुईवटा घर पहिरोको जोखिममा छन् । एउटा घर विस्थापित हुँदा त्यसमा बस्ने एकजना मानिस विस्थापित भएका छन् । भोजपुरमा दशवटा घर विस्थापित भएका छन् । ती घरमा बस्ने परिवार संख्या ६४ रहेको प्रहरीको अभिलेखले देखाएको छ । भोजपुरका १५ वटा घर पहिलोको जोखिममा छन् ।

संखुवासभाका ५९ घर पहिरोको जोखिममा छन् भने ५६ वटा घर विस्थापित भए । ती घरमा आश्रय लिइएका दुई ८१ जना सदस्यले पुरै घर छाड्नु पर्यो । उदयपुरमा छ वटा घर विस्थापित हुँदा ३३ परिवार विस्थापित भएको छ । खोटाङका दुईवटा घर विस्थापित हुँदा १४ जना विस्थापित भएको प्रहरीको भनाई छ । ओखलढुङ्गामा छ वटा घर विस्थापित भए भने त्यसमा आश्रय लिएर बसेका २४ जना त्यहाँबाट विस्थापित भए । त्यस जिल्लामा ८३ वटा घर पहिरोको जोखिममा रहेका छन् । सोलुखुम्बुका चारवटा घर पहिरोको जोखिममा हुँदा पाँचवटा घर पुरै विस्थापित बन्नु पर्यो । जस्का कारण १७ जनाले आफ्नो थातथलो छाडेर हिड्नु पर्यो ।

नौवटा हाइड्रोमा क्षति

यो अवधिमा जिल्लाका विभिन्न नौवटा हाइड्रो पावरमा क्षति पुगेको छ । प्रहरीका अनुसार इलाम, ताप्लेजुङ जिल्लामा सञ्चालन तथा निर्माणधिन अवस्थामा रहेका एक÷एक, पाचथर र ओखलढुङ्गाका दुई ÷दुईवटा र संखुवासभा जिल्लाका तीन वटा गरी कुल नौ वटामा क्षति पुगेको बताईएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।