११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कुल २ लाख ६२ हजार कम्पनी दर्ता,चुक्ता पुँजी २३ खर्ब १५ अर्ब

सेयर:

काठमाडौं । गत आर्थिक वर्षको अन्तिमसम्म नेपाल कुल २ लाख ६२ हजार कम्पनी दर्ता भएको छन् । यी कम्पनीहरूको चुक्ता पुँजी २३ खर्ब १५ अर्ब नाघेको छ ।

कोरोना महामारीकै बीच गत आर्थिक वर्षमा २६ हजार कम्पनी थपिएको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रदीप अधिकारीले जानकारी दिए । ‘कोरोना महामारी कैबीच गत वर्ष अघिल्लो आर्थिक वर्षकोभन्दा ८ हजार बढी कम्पनी दर्ता भएका छन्,’ उनले भने ‘कम्पनी दर्ता हुने क्रम बढ्दो छ ।’ उनका अनुसार अघिल्लो वर्ष १८ हजार कम्पनी दर्ता भएका थिए ।

गत आर्थिक वर्षसम्म दर्ता भएका प्राइभेट कम्पनीमा ६ लाख ८२ हजार ४९३ सेयर होल्डर सदस्य रहेका छन भने मुनाफा वितरण नगर्ने कम्पनीमा २२ हजार ५०४ सदस्य रहेको कार्यालयको तथ्यांक छ ।

हाल नेपाल २ लाख ५४ हजार ९४५ प्राइभेट कम्पनी, ३ हजार ३९५ मुनाफा वितरण नगर्ने कम्पनी, १ हजार ६४६ पब्लिक कम्पनी र १ हजार ६४६ वैदेशिक लगानीका कम्पनी रहेको कार्यालयका रजिष्ट्रार अधिकारीले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।