काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गरे । उनले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि गरे ।
“उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्र्नुपर्छ”, नेता श्रेष्ठले भने, “दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहो¥याउन जोडदार माग गर्दछु ।”
